छोराद्वारा बुबाको हत्या



कैलाली,कात्तिक १२ । कैलालीमा एक छोराले ढुङ्गा प्रहार गरी बुबाको हत्या गरेका छन् ।

घरायसी विवादमा गएराति जानकी गाउँपालिका –३ लायकपुरका गणेश चौधरीले आफ्नो बुबा हीरासिंह चौधरीको हत्या गरेका हुन् । 

छोराको ढुङ्गा प्रहारबाट हीरासिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । बुबाको हत्या गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्