घाँस काट्न जादा भीरबाट लडेर स्याङ्तानको मृत्यु



मकवानपुर,कात्तिक १२ । मकवानपुर भीमफेदी गाउँपालिका –३ बेसारघारी घाँस काट्न जाँदा भीरबाट लडेर एक जनाको मृत्युभएको छ ।

मृत्यु हुनेमा स्थानीय ७० वर्षीय गणेशबहादुर स्याङतान रहेका छन् ।उनको आइतबार दिउँसो भीरबाट लडेर मृत्युभएको हो ।

घरदेखि करिब डेढ किमी पश्चिमतर्फ रहेको भीरमा घाँस काट्न गएका स्याङतानको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षकको नेतृत्वमा मुचुल्कासहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्