मुगु सामूहिक हत्या प्रकरण: एक जना प्रहरी नियन्त्रणमा



मुगु,कात्तिक १३ । मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिबारे विस्तृत सूचना भने गोप्य राखेको छ ।  जिल्ला  प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले हत्यारा अनुसन्धानका लागि घटना स्थलमा  ११ गते नै कर्णाली प्रदेश कार्यालयको  समन्वयमा घटनाको सूक्ष्म अनुसन्धानका लागि जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुन्दु  पुगेर अनुसन्धान गरिरहेको छ ।  आइतबार बिहान हत्यारा नजिक प्रहरी पुगिसकेको छ उहाँले बताउनुभयो ।

प्रहरी प्रमुख  थापाले भन्नुभयो  ‘शंकास्पत र अनुसन्धानले नजिक पुर्‍याएको छ  एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको साँचो हो, यकिन र विस्तृत घटनाबारे थप अनुसन्धानपछि सबै कुरा सार्वजनिक गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्