कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु



कालिकोट,कात्तिक १३ । कालिकोटको पलाँता गाउँपालिका वडा नं २ राडुनेटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी वडा नं २ का वर्ष ६५ का शिवचन्द्र न्यौपानेको मृत्यु भएको हो । 

प्रहरीका अनुसार बिहानै वडा नं २ राडुनेटा बजारबाट आफ्नो घर खाँडा गाउँ जाने क्रममा शिवचन्द्रको ट्र्याक्टर दुर्घटनामा परेर मृत्यु भएको हो । 

चालक असिन न्यौपाने घाइते रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्