अरिङ्गाल पोल्न जादा अरिङ्गालले चिलेर एक पुरुषको ज्यान गयो



तनहुँ,कात्तिक १३ । तनहुँमा अरिङ्गालले चिलेर एकको पुरुषको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।  

भानु नगरपालिका– ७  रम्गाटार स्थित जङ्गलमा आइतबार राती ११:५५  अरिङ्गाल पोल्ने क्रममा घाइते भएका भानु नगरपालिका– ४ फला खेत बस्ने वर्ष ३२ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँ बस्ने  वर्ष २४ को धनबहादुर तामाङ गम्भीर घाइते भएका छन् ।

निजहरू दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागी चितवन मेडिकल कलेजमा चितवनमा पठाएकोमा घाइते मध्ये राजकुमारको सोमबार बिहान ४:२० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । घाइतेको भने उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्