काठमाडौंमा भएको सवारी दुर्घटनामा बैंक कर्मचारी नुवाकोटका अधिकारीको मृत्यु

काठमाडौं,कात्तिक १३ । काठमाडौस्थित बुढानिलकण्ठमा भएको सवारी दुर्घटनामा बैंक कर्मचारी नुवाकोट सूयर्यगढी गाउँपालिका-५ फेदीबेंसीका अन्दाजी २७ वर्षीय राजसागर अधिकारीको मृत्यु भएको छ । अधिकारी राष्ट्रिय वाणिज्य बैंक एयरपोर्ट शाखामा कार्यरत कर्मचारी हुन् ।
गए राति ९:१० बजे महाराजगन्ज चक्रपथबाट बुढानीलकण्ठतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२ ०४४ प ०५१३ स्कुटीलाई विपरीत दिशाबाट तीव्र गतिमा आएको बा ९५ प २६०७ मोटरसाइकलले ठक्कर दिँदा अधिकारी गम्भीर घाइते भएका थिए ।
सख्त घाइते अधिकारीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएकोमा राति नै चिकित्सकले मृत घोषणा गरेका थिए । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठका अनुसार स्कुटीको पछाडि सवार अधिकारीका साथी घाइते निश्चल दाहालको मोडल अस्पताल बागबजारमा र अन्य दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।