श्रीमतीलाई बन्चरो हानी हत्या गरी आत्महत्या

स्याङ्जा,कात्तिक १४ । स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको बन्चरो प्रहार गरीे हत्या पश्चात् आत्महत्या गरेका छन् ।
जिल्लाको चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहार गरी हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् ।
चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार श्रीमानले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको बताए ।