निगमले घटायो पेट्रोलियम पदार्थ मूल्य, अब प्रतिलिटर कति ?

काठमाडौँ,कात्तिक १४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ मूल्य घटाएको छ ।
निगमले आज अर्थात् कार्तिक १४ गते राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थ मूल्य घटाएको हो ।
घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।
