काठमाडौंको नयाँ बजारबाट चितुवाको छालासहित नुवाकोटका ३ जना पक्राउ



काठमाडाैं, कात्तिक १४ । चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ घर भएका ७४ वर्षीय कृष्णप्रसाद ढुङ्गाना, नुवाकोट बेलकोटगढी नगरपालिका २ का ४९ वर्षीय रामबहादुर लामा र सोही ठाउँका ५९ वर्षीय पदमबहादुर तामाङ रहेका छन् ।

वन्यजन्तु अखेटोपहारको अवैध रूपमा ओसारपसार तथा खरिद–बिक्री भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१६ नयाँ बजारबाट पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भईरहेको प्रहरी वृत्त लैनचौरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्