नुवाकोट जिल्लास्तरीय चित्रकला प्रतियोगिता: प्रथम भएकी अमृताले बनाइन् लोभलाग्दो तस्बिर



नुवाकोट,कात्तिक १५ । नुवाकोटमा जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा भैरवी माध्यमिक विद्यालयकी अमृता विश्वकर्मा प्रथम भएकी छिन् ।

संगम बचत तथा ऋण सहकारी संस्था लिको २७औं वार्षिक साधारणसभाको अवसरमा आयोजित चित्रकला प्रतियोगितामा अमृताले १६० अकं प्राप्त गरी प्रथम भएकी हुन् ।

मङ्गलबार भिमसेन माध्यमिक विद्यालय बट्टारमा भएको प्रतियोगितामा पृथ्वी माविका द्वय सारा अर्याल द्वितीय र सोहिल तामाङ तृतीय भएका छन् ।

यस्तै, प्रतियोगितामा जालापदेवी बोर्डिङ स्कुलका सोफिया तामाङ र त्रिभुवन त्रिशूली माविका साजन तामाङले सान्त्वना प्राप्त गरेका छन् । प्रतियोगितामा १३ विद्यालयका २६ छात्रछात्राहरुको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्