इलाममा अरिङ्गालले टोकेर एकको मृत्यु



इलाम,कात्तिक १५ । अरिङ्गालले टोकेर इलाम नगरपालिका –१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो घाँस काट्न गएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

घाँस काट्नेक्रममा अरिङ्गालले टोकेर घाइते भएका लिम्बूलाई उपचारका लागि झापाको बिर्ता सिटी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा लिम्बूको मृत्यु भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्