ओमानसँग नेपाल ५ रनले पराजित



काठमाडौं,कात्तिक १६ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा ओमानविरुद्धको खेलमा नेपाल ५ रनले पराजित भएको छ ।

ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनायो । योसँगै ओमान समूह ‘ए’को विजेता बनेको छ भने नेपाल उपविजेता बनेको छ । दुवै टोली सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

नेपालले सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्