एनपिएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता



काठमाडौं,असोज ३०। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक मान्यता प्राप्त गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुने तय भएको छ।

आईसीसीको मान्यतासँगै एनपिएलको तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेटमा थप पहिचान र विश्वसनीयता हासिल गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्