राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी



काठमाडौं,असोज ३० । राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी दुई वटा अध्यादेश जारी गर्नुभएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले अध्यादेश जारी भएको जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्