लिखु गाउँपालिका स्तरीय वडा कप फुटबलको उपाधि गड्खार जनजागरण युवा क्लबलाई
नुवाकोट,असोज ३० । गड्खार जनजागरण युवा क्लबद्वारा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजित लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
असोज २५ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक गड्खार जनजागरण युवा क्लबले उपाधि जितेको छ। चौघडा रानीटार युवा क्लब उपविजेता बनेको छ। विजेता ३- उपविजेता १ गोल अन्तर रहेको छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि आयोजक टोलीका सविन राईले प्राप्त गरेका छन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीको उपाधि उपविजेता टोलीका डेनिश राईले हात पारेका छन् भने सर्वोत्कृष्ट गोलरक्षक आयोजक टोलीका राकेश राई घोषित भएका छन्।
प्रतियोगिताका विजेता, उपविजेता तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बधाई दिँदै आयोजकले आगामी दिनमा पनि खेलकुद गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

