संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं,कात्तिक १७ । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बिहीबारको बैठकले सहसचिव राधिका अर्याललाई प्रशासनतर्फको सचिव र विश्वबाबु पुडासैनीलाई प्राविधिकतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।