ट्रकमा बाइक ठोक्किएर दुई युवकको मृत्यु

सर्लाही,कात्तिक १७ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुल नजिक बिहीबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
कालिन्जोर पुलदेखि करिब सय मिटर पूर्वतर्फ बिग्रिएर रोकिराखेको बीआर ०६ जीडी ३१४१ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश –२–०३–००४ प ३५५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक हरिवन नगपालिका–११, का २८ वर्षीय मुकेश कुमार गुप्ता र सोही मोटरसाइकलको पछाडि सवार हरिवन ११ कै ३५ वर्षीय सुनिलकुमार गुप्ताको मृत्यु भएको हो ।
मोटरसाइकल चालक मुकेशलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा र पछाडि सवार सुनिललाई जनसेवा अस्पताल बर्दिबास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लाल बन्दीका प्रहरी निरीक्षक हरिबोल के.सी. ले जानकारी दिए । दुर्घटना राति ९ः३० बजेतिर दुर्घटना भएको बताइएको छ ।