काभ्रेमा आगलागीले चार पसलमा पूर्ण क्षति



काभ्रे,कात्तिक १७ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका ४ समाज कल्याण चोकमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसलमा धेरै क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार शुक्रवार बिहान स्थानीय उद्धवप्रसाद तिम्सिनाको घरको सटरमा अचानक विद्युत् सर्ट भई  आगलागी भएको जनाइएको छ ।  

आगलागीका कारण तिमल्सिनाको नौ वटा सटरमध्ये चार वटा कपडा पसल पूर्ण  रूपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक  राजकुमार श्रेष्ठले जानकारी दिए । उनले आगलागीबाट तीन वटा होटेल, एक  मोबाइल पसल र एक मासु पसल सटरमा आंशिक क्षति भएको बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र  स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्