शुक्रबार यस्तो छ सुनचाँदी मूल्य

काठमाडौँ,कात्तिक १७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।