स्रोत नखुलेको नगद १६ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ
काठमाडौँ,कात्तिक १७ । नवलपरासी पश्चिम, रामग्राम नगरपलिका–७ उजैनीबाट स्रोत नखुलेको नगद १६ लाख ५० हजार रुपैयाँसहित पाल्हिनन्दन गाउँपालिका–२ हरपुर बस्ने २५ वर्षीय ईमरान खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.९० प ७८८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खानलाई झोलामा लुकाई ल्याएको उक्त रकम फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

