प्राविधिक प्रहरीतर्फ १२८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान



काठमाडौँ,कात्तिक १७ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा १ सय २८ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।

नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि ६ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १८ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३९ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।

यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २९ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १७ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि १५ जना, केनाईनतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३ जना र हातहतियारतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि १ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्