साम्बो खेलाडी नुवाकोट शिवपुरीका रविन्सले जिते स्वर्ण



काठमाडौँ,कात्तिक १७ । बंगलादेशको राजधानी ढाकामा भएको बंगलबन्धु दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ५ का खेलाडी रविन्स तामाङले स्वर्ण पदक जितेका छन् । 

तामाङले सिनियर ५८ केजी तौल समूहमा कम्ब्याट साम्बो र स्पोर्ट्स साम्बोमा दुई स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै अर्का नेपाली खेलाडी सिजेश श्रेष्ठले पुरुष ८८ केजीभन्दा माथिको तौलमा कांस्य पदक हात पारेका छन् । प्रतियोगितामा नेपालका दुई खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्