भूकम्प अपडेट: जाजरकोट र रुकुममा २५ जनाको मृत्यु



रुकुम पश्चिम,कात्तिक १८ । गए रातीको भूकम्पमा परी जाजरकोट र रुकुममा २५ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा २५ जनाको मृत्यु छ भने ४० बढी घाइते भएका छन् ।

यसैगरी, भूकम्पको कारण घर भत्किँदा रुकुम पश्चिममा एकै घरका ५ जनाको मृत्यु गएको छ। जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर ११ गोईरी सल्लेरी गाउँका स्थानीय शिला सेर्पाली र उहाँका ४ जना छोरीहरुको घर भत्किँदा मृत्यु भएको जनकल्याण मावि गोईरीका प्रधानाध्यापक रतिभान बिकले जानकारी दिए । 

उनका अनुसार आमा शिलासँगै सुतेका पाँच छोरीहरु मध्ये माईली छोरीको भने जीवितै उद्धार गरिएको छ । क्षतिको थप विवरण आउन भने बाँकी रहेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । 

प्रतिक्रिया दिनुहोस्