भूकम्पले पुर्याएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीको दुख व्यक्त



काठमाडौं,कात्तिक १८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

नेपालको जाजरकोटमा शुक्रबार राती गएको ६.४ म्याग्निच्युटको भूकम्प पछि भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत यस्तो प्रक्रिया दिएका हुन् । 

प्रधानमन्त्री मोदीले भनेका छउन्जेल, ‘‘भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो साथ  शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’’ भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्