स्वास्थ्य मन्त्री बस्नेतको पहलमा भूकम्प प्रभावितका लागि ४ वटा बस काठमाडौंबाट नि:शुल्क



काठमाडौं,कात्तिक १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरुका लागि ४ वटा बस नि:शुल्क  गरिएको छ ।

स्वास्थ्य मन्त्री बस्नेतको आग्रहमा पुर्व अरनिको यातायातले २ वटा बस जाजरकोटका लागि र २ वटा बस पश्चिम रुकुमका लागि नि:शुल्क उपलब्ध गराएको जानकारी दिएको छ । पुर्व अरनिको यातायातका अध्यक्ष केदार क्षेत्रीले स्वास्थ्य मन्त्री बस्नेतको आग्रहपछि सामाजिक उत्तरदायित्व अन्तरगत समितिले ४ वटा बस नि:शुल्क उपलब्ध गराएको बताए ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुमका व्यक्ति आर्थिक अभावले घर जान नसकेको अवस्था भए सम्पर्क गर्न पनि पुर्व अरनिको यातायतले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्