तनहुँमा बस दुर्घटना हुँदा चालक सहित ३४ यात्रु घाइते (नामावली सहित)
तनहुँ,कात्तिक १८ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँ व्यास नगरपालिका–१२ कमलवारिमा शनिवार बिहान ५ः१० बजे बस पल्टिदा चालक र बाँकी अन्य गरी ३४ यात्रु घाइते भएका छन् । उदयपुर जिल्लाको कटारीबाट पोखरा जाँदै गरेको ना ५ ख १७५२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए ।
प्रनाउ खाँडका अनुसार दमौली अस्पतालमा उपचार भइरहेका आठ जना मध्ये तीन जनाको पोखरा रिफर गरिएको छ । घाइते हुनेमा चालक उदयपुर जिल्लाको कटारी नगरपालिका–३ बस्ने वर्ष ३१ को सुभाष परियारको दमौली अस्पतालमा सह चालक ओखलढुङ्गा जिल्लाको सुनकोसी गाउँपालिका– ७ अशोक कार्कीको मणि पाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । अन्य घाइते हुनेहरुमा उदयपुरको कटारी नगरपालिका– ४ वर्ष २३ को युवराज परियार, भानु नगरपालिका – १ बस्ने वर्ष ३१ को विक्रम बिक, सोही ठाउँमा बस्नेहरू वर्ष ३० की शोभा विश्वकर्मा, वर्ष ४ की साहारा सेन्चुरी विक, गोरखा जिल्लाको गोरखा नगरपालिका– ३ बस्ने वर्ष ३० को कृष्ण परियार, जिल्ला उदयपुर कटारी नपा – १४ बस्ने वर्ष २९ की पार्वती रावत छन् ।
यसै गरी कटारी नपा ४ बस्ने वर्ष १४ को दिपसन राउत, कास्कीको पोखरा १९ बस्ने वर्ष १० को कृष्ण शाह र वर्ष १९ की नेहा शाह घाइते भएका छन् । उदयपुरको कटारी नपा– ५ वर्ष २८ की तुलसीमाया, कास्कीको पाेखरा १४ बस्ने वर्ष ४० की बिन्दु सुनुवार, चितवनको भरतपुर १० नगर चोक बस्ने वर्ष १७ को सुजन तिवारी, सर्लाही जिल्लाको बाग्मती नपा–ं१ मिलनचोक बस्ने वर्ष १७ को अमृत राना मगर घाइते हुनु भएको छ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–ं३ बस्ने वर्ष २४ की निर्मला नेपाली, सुनसरीको इटहरी नपा–२ बस्ने वर्ष ७१ की मन कुमारी कटुवाल घाइते भएका छन् ।
तनहुँको भानु नपा –६ बस्ने वर्ष २५ कि सुजता अधिकारी, धनुषा जिल्लाको गोदार नपा– ७ बस्ने वर्ष १५ की अनिसा थापा र कास्की पाेखरा –१४ बस्ने वर्ष १८ की सरला सुनार घाइते भएका छन् । घाइतेको तनहुँको दमौली स्थित रत्नहरी अस्पताल, दमौली अस्पताल, बन्दीपुर गाउँपालिका–डुम्रे स्थित लक्ष्मी अस्पताल, पोखरा स्थित मणिपाल शिक्षण अस्पताल, अन्नपूर्ण अस्पताल, चितवन मेडिकल कलेज उपचार भईरहेको प्रहरीले जनाएको छ । गाडीमा को छतमा ढुङ्गा बोकेर ल्याएको कारणले गर्दा धेरै जना घाइते हुनु परेको स्थानीय प्रत्यक्षदर्शी राजन पन्थले बताए । छतमा दुई सय ५० भन्दा धेरै सिलौटो बसमा राखेर ल्याइएको धेरै असर परेको पन्थले बताए। पन्थले भने, ढुङ्गाले लागेर धेरै घाइते हुन पुगे ओभर लोड हुने गरी राखिएकोले देखिन्छ । ’

