भुकम्प अपडेड : १३३ को मृत्यु, १४० घाईते



काठमाडौं,कात्तिक १८ । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ ।

नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । घाईतेहरु मध्य ३३ जनाको जाजरकोटमा उपचार भैरहेको छ भने २२ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।

त्यस्तै रुकुम पश्चिममा ४० जना उपचार गराईरहेका छन भने १५ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्