भुकम्पका घाइते एक जनाको भेरी अस्पतालमा मृत्यु



बाके,कात्तिक १८ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी घाइते भएका एक जनाको भेरी अस्पतालमा मृत्यु भएको छ । उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल ल्याउनेक्रममा  जाजरकोट नलगाड १ पालीका ३३ बर्षीय टेकबहादुर पुनको निधन भएको हो । हेलिकप्टरबाट उपचारका लागि यहाँ ल्याइएका पुनलाई भेरी अस्पताल लग्नासाथ चिकित्सकले मृत घोषित गरेका थिए । 

दिउँसो १ बजेसम्म २० बढिलाई उपचारका लागि अस्पतालमा ल्याइएको छ । घाइतेमध्ये एक जनाको मात्र अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए । उपचारका लागि शिक्षण अस्पताल र अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ ।  

घाइतेहरु स्थलमार्गबाट आउनेहरु सिधै अस्पतालमा आउँछन् भने हेलिकप्टरमार्फत आउनेहरु राँझास्थित नेपाली सेनाको चारवाहिनीमा अवतरण भएपछि एम्बुलेन्समार्फत भेरीसम्म ल्याउने व्यवस्था गरिएको छ । त्यसका लागि ४५ बढी एम्बुलेन्सको परिचालन गरिएको छ । विरामीका लागि रगत अभाव हुन नदिन रक्तसञ्चार केन्द्रमा रक्तदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्