भूकम्प प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क
काठमाडौं,कात्तिक १८ । भूकम्प प्रभावित क्षेत्रमा जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फोन तथा एसएमएस पाँच दिनका लागि निःशुल्क व्यवस्था गर्ने निर्णय गरेको जानकारी नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।
प्रवक्ता अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सूचना आदान प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरुलाई पाँच दिनको अवधिका लागि निःशुल्क फोन तथा म्यासेज सेवा उपलब्ध गराइएको छ ।

