पञ्चकन्या–४ मा दोस्रो वडा स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु



नुवाकोट,असोज ३०। पञ्चकन्या गाउँपालिका वडा नं. ४ को आयोजनामा दोस्रो वडा स्तरीय अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। असोज ३० देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन शुक्रबार एक कार्यक्रमबीच गरिएको हो।

वडा नं. ४ का अध्यक्ष सञ्च तामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्र विक्रम सिंह ठकुरी प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ र उपाध्यक्ष विमला केसी विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा गाउँपालिकाका सबै वडाका अध्यक्ष, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, सुरक्षाकर्मी र खेलाडीहरूको उपस्थिति रहेको थियो।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास तथा खेलाडीको प्रतिभा पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्