लुम्बिनी र बागमती प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ/डेढ करोड सहयोग गर्ने



काठमाडौं,कात्तिक १९। लुम्बिनी र बागमती प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ/डेढ करोड रूपैयाँ सहयोग गर्ने भएका छन् । आज तुलसीपुरमा बसेको लुम्बिनी प्रदेश सरकारको बैठकले एक करोड ५० लाख सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।

त्यस्तै, बागमती प्रदेश सरकारले पनि जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको जानकारी दिएको हो ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि रकम उपलब्ध गराउने जनाएको हो ।प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ ।

प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ । प्रदेशले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्