बाजुरा जाँदै गरेको जिप डोटीमा दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु



डोटी,कात्तिक १९ । कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । 

के.आई सिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका– ६ अण्यौल स्थित सेती नदी जिप खस्दा  बाजुरा जिल्ला हिमाली गाउँपालिका –५ बस्ने वर्ष २२ का राधिका मलाल, सोही ठाउँका वर्ष ३२ का धन शोभा बुढा, ८ महिनाका प्रार्थना मलाल र वर्ष ६ का कवीन्द्र बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आइतबार बिहान २ बजेर २८ मिनेट तिर ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट करिब ५० मिटर भन्दा तल सेती नदीमा खसेको थियोे ।घाइतेको दिपायलको शैलेश्वरी अस्पतालमा उपचार भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्