जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते
जुम्ला,कात्तिक १९ । जुम्लामा विरामी वाकेर ल्याएको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका १ देवार गाउँका अटो चालक अन्दाजी ४५ वर्षका पदमबहादुर शाही, सो गाउँका अन्दाजी ४२ वर्षका बलि रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार देवार गाउँबाट बजार आउने क्रममा बड्की गाउँको सडकबाट अटो दुर्घटना भएको थियो । प्रहरीका अनुसार अटोमा सवार अन्दाजी ४० वर्षको नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण तर्फ पठाइएको स्थानीयले जनाएका छन् ।
गए राति बिरामी लिएर अटो चालक पदमबहादुर शाही नाग्मबाट घर देवार गाउँ हिँडेका थिए । वडा नम्बर १ बड्की गाउँको नाग्म गमगडि राजमार्गबाट राति दुर्घटना भएको र कसैले थाहा नपाई बिहान मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।

