सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि



काठमाडौँ,कात्तिक १९ । टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।

सुपर ओभरमा नसिम खुशीले अविनाश बोहरालाई ३ छक्का प्रहार गरेपछि ओमानले विना क्षति २१ रन बनाएको थियो । जवाफमा नेपालले पहिलो बलमै कुशल भुर्तेललाई गुमायो । दोस्रो बलमा कुशल मल्लले कुनै रन लिनै सकेनन् र तेस्रो र चौथो बलमा मल्ल र गुल्शनले १ रनमात्र लिन सके । पाँचौं र अन्तिम बलमा मल्लले चौका प्रहार गरे पनि नेपालले १० रनमात्र बनाउन सक्यो ।

त्यसअघि नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा १८४ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो । नेपालका गुलसन झाले सर्वाधिक ५४ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१ र करण केसीले नटआउट २० रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले ३ र अकिब इलियासले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्