जाजरकोटमा फेरि ४ म्याग्निच्युडको भूकम्पको धक्का



काठमाडौँ,कात्तिक १९ । जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ । आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, आइतबारै बिहान १ बजेर २२ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । आजै बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधन तथा मानविय क्षति भएको छ । शुक्रबार रातिको ६.४ म्याग्निच्युडको भूकम्पपछि जाजरकोटमा अहिलेसम्म ३११ भन्दा बढी परकम्प मापन भइसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्