के हाे एमडीएमएस ? आजदेखि पूर्ण कार्यान्वयनमा आउने, के तपाँईकाे फाेन प्रणालीमा दर्ता छ ?



काठमाडौँ,कात्तिक २० । नेपाल दूरसञ्चार प्राधिकरणले आज (कात्तिक २० गते) देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ ।

अब प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ । आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणको तयारी छ ।

अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झन्डै २५ सय वटा सेटमा आजदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।

एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डाटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्