जाजरकोटमा पुनः ५.८ रेक्टरको भूकम्पको धक्का



जाजरकोट,कात्तिक २० । जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ ।

अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताए ।

भूकम्पको पराकम्पले केकति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको उनले बताए । भूकम्प पराकम्पको धक्का पश्चिम नेपालका जिल्ला साथै काठमाडौं उपत्यकासम्म महशुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्