पिंढीबाट लडेर वृद्धको मृत्यु



काठमाडौं,कात्तिक २० । घरको पिँढीबाट लडेर घाइते भएका गोरखाका एक  जना वृद्धको मृत्यु भएको छ । गोरखा सिरानचोक गाउँपालिका –८ माथिल्लो फिनाम बस्ने वर्ष ६८ का भिमु गुरुङको मृत्यु भएको हो । 

आइतबार पिँढीबाट आँगनमा लड्दा उनको टाउकोमा चोट लागेको थियो । गुरुङलाई तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौबारी गोरखा लगेकोमा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिए । 

घटनाको मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धानको काम सम्पन्न गरी मृतकको आफन्तमार्फत जाहेरी दरखास्त लिई मृतकको शव पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाइएको उनले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्