बाजुरामा फेरि भूकम्पको धक्का



काठमाडौँ,कात्तिक २१ । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।

गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का त्यसैको परकम्प भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्