बन्ने भयो गौतम बुद्ध क्रिकेट रंगशाला



काठमाडौं,कात्तिक २१ । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम अगाडि बढ्ने भएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौंडामा मंगलबार बसेको बागमती प्रदेश सरकार र महानगरबीचको बैठकले संयुक्त लगानीमा सो रंगशालाको काम अगाडि बढाउने निर्णय गरेको हो ।

निर्माणधीन उक्त रंगशालाको बाँकी काम सक्न प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरले ३० प्रतिशत लगानी गर्ने सहमति बनेको छ । साथै, तत्काल ठेक्का आह्वान गरी रंगशालाको काम अगाडि बढाइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्