भारतीय युवतीको तिनाउ नदीमा डुबेर मृत्यु
पाल्पा,कात्तिक २१ । तिनाउ नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई नेपाल घुम्न आएकी शाहिस्ता प्रविन रहेकी छिन् ।
मङ्गलबार दिउँसो भारतबाट शैक्षिक भ्रमणका क्रममा पाल्पा आएकी प्रविनको तिनाउ नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार जिल्लाको तिनाउ गाउँपालिका –३, स्थित ड्यामनजिकै साथीहरूसँगै फोटो खिच्ने क्रममा तिनाउ नदीमा लडेपछि डुबेर युवतीको मृत्यु भएको हो ।

