मन्त्रीको पीएसओ जंगलमा मृत भेटिए



मकवानपुर,कात्तिक २१ । बागमती प्रदेश भौतिक योजना तथा पुर्बधार मन्त्रि युवराज दुलालको पिसिओ प्रहरी सहायक निरिक्षक यम बहादुर सुबेदी मकवानपुरको जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगर-११ को पुन्य क्षेत्र वनदेवी मन्दिर नजिकै जंगलमा मंगलवार सुवेदी मृत फेला परेका हुन् । रुखको फेदीमा कम्मरमा लाउने पेटीमा झुण्डिएको अवस्थामा उनी भेटिएका थिए ।

सुवेदीको स्थायी ठेगाना मनहरी गाउँपालिका वडा न.७ बिजौना रहेको छ । शवलाई हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्