नुवाकोटको आप्रह बजारबाट ठुलो परिणाममा अवैध चिनी बरामद



नुवाकोट,कात्तिक २२ । जिल्लाको आप्रह बजारबाट अवैध चिनी बरामद गरिएको छ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ आप्रह बजारबाट अवैध रुपमा ल्याइएको १३ क्विन्टल चिनि प्रहरीले वरामद गरेको हो ।

मंगलवार राती ईलाका प्रहरी चौकी खरानीटारबाट गएको प्रहरीको टोलीले अवैध रुपमा ल्याइएको चिनि बरामद गरेको हो । वरामद गरिएको चिनि ५० किलोको २६ वोरा रहेको छ ।

आप्रहबाट छहरेतर्फ गईरहेको गाडीमा अवैध रुपमा ल्याइएको चिनि भेटिएको खरानीटार प्रहरी चौकीका इस्पेक्टर सुरज बानियाँले जानकारी दिए । वरामद गरिएको चिनिको विल ल्याउन चालकलाई भनेपनि ल्याउन नसकेको बाँनियाले बताए । चिनिको विल ल्याउन चालक दिपेश मानन्धरलाई भन्यौ, तर अहिलेसम्म पनि ल्याउन सकेका छैनौ, बानियाँले भने, अव यो चिनि राजस्व कार्यालयलाई बुझाउँछौ ।

गाडीसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्