टिपरले किच्दा महिलाको ज्यान गयो



पाल्पा,कात्तिक २२ । पाल्पामा टिपरले किच्दा एक जना महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२, जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहेकी छिन। दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

बुधबार बिहान ८ः३० बजे निस्दी–७, ज्यामिरेबाट चुनढुङ्गा लिएर नवलपुरको होङ्सी सिमेन्टको कारखानातर्फ गइरहेको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

टिपर ब्रेक फेल भइ भित्तामा ठोक्किने क्रममा टिपरमा बसेकी मृतक आलेले हाम फाल्दा सोही टिपरले किचेर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी टिपरमा यात्रा गरेका पूर्वखोला–२, जल्पाका २५ वर्षीया हिमाली आले, मकवानपुर मनोहरी गाउँपालिका–९, का २६ वर्षीय अन्जन सुनार र मकवानपुर हेटौंडा ९ का २४ वर्षीय आशिष सुनार घाइते भएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्