भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक खटाउने एमालेको निर्णय
काठमाडौं,कात्तिक २२ । नेकपा एमालेले जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट प्रभावित भएकाहरुको राहत तथा उद्धारका लागि एक हजार स्वयंसेवक खटाउने निर्णय गरेको छ ।
एमालेको बुधबार बसेको सचिवालय बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पार्टीका कार्यकर्तालाई स्वयंसेवकको रुपमा खटाउने निर्णय गरेको हो ।
उनीहरु मंसिर एक गतेबाट त्यहाँ खटिने छन् । उनीहरुले भूकम्प प्रभावितहरुको लागि अस्थायी आवास निर्माणका लागि सहयोग गर्नेछन् । एमालेले यसअघि ०७२ सालमा गएको विनासकारी गोरखा भूकम्पमा पनि कार्यकर्तालाई स्वयंसेवकको रुपमा खटाएको थियो ।

