एमालेको जिल्ला अधिवेशनको मिति सर्यो
काठमाडौं, कात्तिक २३ । नेकपा एमालेले जिल्ला अधिवेशनको मिति सारेको छ ।
बुधवार बसेको सचिवालय बैठकले जेठ मसान्तसम्म जिल्ला अधिवेशन सक्नुपर्ने निर्णय गरेको हो ।
यस अघि माघ मसान्त सम्ममा जिल्ला अधिवेशन गर्ने तयारी थियो । तर बैठकले सो मितिमा संभव नहुने ठहरसहित जेठ सचिवालयले बैठकले जेठ मसान्तसम्म गर्न सकिने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले प्रदेश अधिवेशन भने सम्पन्न गरिसकेको छ ।

