रसुवाको राम्चेमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न
रसुवा,कात्तिक २३ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, नुवाकोटको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर रसुवाको राम्चेमा सम्पन्न भएको छ । गाउँ घरमा रहेका पशुपालक किसानलाई सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा किसानहरु उत्साहित भएर पशुको जाँच तथा उपचार गराएका थिए ।
शिविरमा बाख्रा,गाई,भैसी,कुकुर, कुखुरा गरि झण्डै १८७ सय पशुको उपचार गरिएको थियो । विभिन्न समस्या लिएर पुगेका पशुपालक कृषकलाई पशुमा देखिएको समस्या तथा निदानको बारेमा जानकारी गराईएको थियो । निःशुल्क शिविरबाट किसानलाई आफ्नो पशुको उपचार पाउदा खुसी भएका छन् ।
साथै जटिल किसिमको समस्या देखिएका पशुलाई उचित सल्लाह समेत प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, नुवाकोटका निमित्त कार्यालय प्रमुख कृण्ण प्रसाद उपाध्यायले बताए ।शिविरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पशु विकास अधिकृत डा अन्जु शर्मा चापागाईं तथा कालिका गाउपालिका को पशु चिकित्सकडा सरोज कार्की एवं प्राविधिकको सहजीकरणमा संचालितले सेवा दिएका थिए ।
कालिका गाउँपालिका वडा नम्वर १ का कार्यवहाक वडा अध्यक्ष कल्पना तामाङको उपस्थितिमा को भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नुवाकोट रसुवा को प्रमुख भरत पाण्डे लगायत स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

