कुकुरले खाइरहेको अवस्थामा शव भेटियो



ओखलढुंगा,कात्तिक २४ । कुकुरले खाइरहेको अवस्थामा शव भेटिएको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ६ को घोराखोरीदेखि डाँडागाउँ जाने सडकको कुइके पाखामा कुकुरले खाइरहेको अवस्थामा एक वृद्ध महिलाको शव फेला परेको हो । गएको २० गतेदेखि हराइरहेकी चम्पादेवी ४ पुनारागाउँकी ८८ वर्षीया नन्दमाया बुढाथोकीको शव फेला परेको हो ।

बुढाथोकीको शव हिजो साझ फेला परेको प्रहरीले जनाएको छ । चिप्लेटी भदाहा भाइको घरमा हिँडेकी वृद्ध सो ठाउँमा नपुगी हराइरहेकी थिइन् ।

प्रहरीका अनुसार ४/५ वटा कुकुरले खाँदै खेलाउँदै गरेको अवस्थामा बुढाथोकीको शव स्थानीयले फेला पारेका थिए । घटनाबारे खबर भएलगत्तै प्रहरी चौकी चुप्लुघोराखोरी र इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्