नुवाकोटमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने



नुवाकोट,कात्तिक २४ । नुवाकोटमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारीले रातको समयमा परम्परागत खेल्दै आएको देउसी–भैलो रातभर खेल्न निषेध गरेका हुन्  ।

नुवाकोटमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्देशन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

त्यस्तै, जिल्लाका प्रज्वलनशील वस्तु पड्काउन पनि निषेध गरिएको छ । भुइचम्पा, पटका, आतिसबाजी जस्ता विष्पोटक पदार्थ गर्न र पटाका नपड्काउन सबैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्