शैक्षिक भ्रमणमा आएको बस धरानमा दुर्घटना, १६ जना घाइते



धरान,कात्तिक २४ । शैक्षिक भ्रमणमा आएको बस धरानमा दुर्घटना भएको छ । धरान उपमहानगरपालिका –१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएको ३ वटा बस दुर्घटनामा परेको हो ।नवलपुर जिल्लाको विधार्थी बोकेको बस सु.प.प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएर दुर्घटना भएको हो ।  

स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकनमा विद्यार्थी बोकेर बस धरान आएका थिए । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दीको ग २ ख १५८३ नम्बरको बसलाई ठक्कर दिएपछि म्याग्दीको बस पल्टेको थियो  । 

स्याङ्जाको विधार्थी बोकेको  ग २ ख १५१३ नम्बरको बसमा  ठोक्किएपछि  सामान्य क्षति भएको छ । दुर्घटनामा परी १६ जना विद्यार्थी गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अन्य विद्यार्थीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्